Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

नयाँदिल्ली, २० मंसिर । नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ ।
उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।

स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो ।
नेपाली महिलाको अवस्था पनि अज्ञात छ ।

आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए ।

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया