Online Bichar
मंगलबार, कार्तिक २०, २०८१ | Tuesday, November 5, 2024

एजेन्सी, ९ मंसिर २०८० । चीनले युरोपका ५ वटा र एशियाको एउटा मुलुकका नागरिकलाई एक बर्षसम्म निःशुल्क भिसा दिने घोषणा गरेको छ । आगामी डिसेम्बर ३० देखि २०२४ सालको नोभेम्बर महिनासम्म लागु हुने सो प्रावधान अनुसार ती देशका नागरिकहरुले १५ दिनसम्म चीनको भ्रमण गर्न सक्नेछन् ।

चीनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स, स्पेन तथा मलेशियाका नागरिककालागि भिसा निःशुल्क गरिएको हो । हाल चीन प्रवेश गर्न चाहने अधिकांश मानिसले भिसा लिनुपर्ने प्रावधान रहे पनि सिंगापुर र ब्रुनेईका नागरिककालागि भने यो व्यवस्थामा छुट दिइएको छ ।

 

तपाईको प्रतिक्रिया