Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

काठमाडौं, ७ मंसिर २०८० । इन्टरनेशनल एशोसिएशन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजनको आयोजनामा मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म्स फेस्टिबल हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

नेपाल चलचित्र विकास बोर्डको हलमा हुने फेस्टिबलमा अन्तर्राष्ट्रिय महिला चलचित्र निर्देशकहरुको उपस्थिति रहनेछ । महोत्सवमा नेपाल लगायत विभिन्न देशका महिला निर्देशकहरुको सहभागिता रहनुकासाथै विभिन्न महिला निर्देशकहरुले निर्देशन गरेका सिनेमाहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा आईएडब्ल्युआरटी नेपाली सर्ट मुभि कम्पिटिशनका विजेताहरुलाई अवार्ड प्रदान गरिनेछ ।

 

तपाईको प्रतिक्रिया