Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ६ मंसिर २०८० । उत्तर कोरियाले सैन्य जासुसी उपग्रह अन्तरिक्षमा सफलतापुर्वक प्रक्षेपण गरेको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले मल्लिग्योङ १ नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङको उपस्थितिमा गरिएको यस प्रक्षेपणप्रति जापानलगायत अन्य मुलुकहरुले निन्दा गरेका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाको रवैयाको निन्दा गर्दै उत्तर कोरियाले उपग्रह प्रक्षेपणको नाममा ब्यालेस्टिक मिसाइल प्रविधि प्रयोग गर्नु संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद सम्बन्धी प्रस्तावहरुको उलंघन गरेको आरोप लगाउनु भएको छ ।

परमाणु कार्यक्रम बन्द नभएसम्म टाउको दुखाइको विषय हुने बताउनु भएको छ । अमेरिकाले पनि संयुक्त राष्ट्रसंघको प्रस्ताव उत्तर कोरियाले उलंघन गरेको आरोप लगाएको छ ।

यता दक्षिण कोरियाले भने यो प्रक्षेपणपछि उत्तरसंगको आफनो सिमानामा निगरानी बढाएको छ ।

 

तपाईको प्रतिक्रिया