Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

काठमाडौं, ३ मंसिर २०८० । भारतलाई हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधि जितेको छ । आईतबार भारतविरुद्ध ६ विकेटको शानदार जित निकाल्दै अष्ट्रेलियाले छैटौं पटक एकदिवसीय विश्वकपको उपाधि हात पारेको हो ।

कंगारु टिमका जितका नायक रहे, ट्रेभिस हेड । उनको शानदार शतकमा अष्ट्रेलियाले भारतलाई सहजै हराएको हो ।

हेडले १ सय ३५ रनको शानदार शतक बनाए । उनले १५ चौका र ४ छक्काको मदातले सो रन बनाएका हुन् । उनले चौथों विकेटका मार्नस लाबुसेनसँग मिलेर १ सय ९२ रनको साझेदारी गर्दै टिमको जित निश्चित गरेका थिए ।

४७ रनमा ३ विकेट झारेर भारत खेलमा हाबी हुन खोजेपनि हेडले उत्कृष्ट ब्याटिङ प्रर्दशन गर्दै अष्ट्रेलियाको जितको आधार खडा गरेका थिए ।

लाबुसेनले अविजित ५८ रन बनाए । ओपनर डेभिड वार्नर रनमा आउट हुँदा मिचेल मार्स १५ रनमा पोविलियन फर्किएका थिए । स्टेभन स्मिथ समेत जसप्रीत बुम्राहाको बलमा बोल्ड हुन पुगेका थिए ।

बुम्राहाले २ तथा मोहमद सामी र मोहमद सिराजले समान एक एक विकेट झारे ।

अहमदाबादमा अष्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा १० विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

केएल राहुलको ६६ रनको विराट कोहलीले ५४ रन बनाएका थिए । कप्तान रोहित शर्माले ४७, सुर्यकुमार यादवले १८, कुलदीप यादवले १०, सुभमन गिल र श्रेयश अय्यरले समान ४, रविन्द्र जडेजाले ९, मोहमद सामीले ६ र जसप्रीत बुम्राहाले १ रन बनाएका थिए । मोहमद सिराज ९ रनमा अविजित रहे ।

अष्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले समान २ विकेट झारे । ग्लेन म्याक्सवेल र एडम जम्पाले समान एक एक रन बनाए ।

अष्ट्रेलियाले छैटौं पटक प्रतियोगिताको उपाधि जितेको हो । एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टिम हो ।

तपाईको प्रतिक्रिया