Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, २० मंसिर  । कांग्रेसले सरकार संस्थागत भ्रष्टाचारमा लागेको आरोप लगाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

पार्टी केन्द्रीय समिति बैठकमा बुधबार प्रस्तुत कांग्रेसको आर्थिक नीतिको प्रस्तावमा उसले वर्तमान सरकार कानुनी प्रक्रिया लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको उल्लेख छ।

बैठकमा कांग्रेसको समग्र आर्थिक नीति प्रस्ताव समितिका संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महतले आर्थिक नीति प्रस्तावको सारांश पेस गरेका थिए।

नेकपा नेतृत्वको सरकार गठनयता वैदेशिक लगानी ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पुँजी पलायनका संकेत देखिएको प्रस्तावमा उल्लेख छ। बढ्दो व्यापार घाटा, अकासिँदो ब्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको उसको निष्कर्ष छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ लक्ष्य कागजमा मात्र सीमित हुन पुगेको पनि कांग्रेसको दाबी छ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments