Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, १ मंसिर २०८० । नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको १६औं उपशाखा सभा सम्पन्न भएको छ । गौरादह नगरपालिका-१ को उपशाखा भवनमा सम्पन्न सभामा वार्षिक प्रतिवेदन का साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहका सचिव सन्तोष कार्कीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सांगठनिक स्थिति, भौतिक स्थिति, आर्थिक अवस्था, उपशाखा वार्षिक गतिविधि, आगामी वार्षिक कार्ययोजनाको बारेमा जानकारी गराउनु भएको थियो । यस्तै, उपशाखा कार्य समितिका तर्फबाट आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदीले शुभकामना मन्तव्य राख्ने क्रममा विपद् व्यवस्थापनका लागि आगामी वर्ष देखी उपशाखा गौरादह सँग सहकार्य गर्ने बताउनुभयो ।
त्यस्तै जिल्ला सभापति लोकराज ढकालले गौरादह उपशाखाले नेतृत्वदायी भूमिका खेलेको भन्दै मानवीय सेवाका लागी सशक्त रुपमा लागि परिरहेको बताउनुभयो । रेडक्रस मानवीय सेवाका लागि निस्वार्थ रुपमा अघि बढिरहेको बताउँदै झापा जिल्लाका सबै जसो उपशाखाहरु सशक्त रूपमा मानवीय सेवामा लागिरहेको भन्दै यसबाट संस्थालाई थप उत्साहित बनाएको बताउनुभयो ।

यस्तैगरी, जिल्ला शाखा झापा सभापति भिम बिजय बाँसकोटाले संगठन विस्तार गर्ने कार्य लाई निरन्तरता दिँदै विद्यालयहरुमा जुनियर रेडक्रस स्थापना गर्न पत्राचार गरिएको बताउनुभएको छ ।
सो अवसरमा उपशाखा गौरादहका संस्थापक सभापति लोकबहादुर अधिकारीलाई कदरपत्रले सम्मान समेत गरिएको थियो ।कार्यक्रममा नेरेसो जिल्ला शाखा झापा उपसभापति मित्र देव काफ्ले, उपप्रमुख जलवर्षा राजवंशी, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, झापा जिल्ला शाखा कोषाध्यक्ष ओम प्रकाश गौतम लगायतको उपस्थिति रहेको थियो । उपसचिव क्रान्ति दिप काफ्लेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया