Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

एजेन्सी, २९ कार्तिक २०८० । गाजामा इजरायली फौज र हमास लडाकुबीचको संघर्ष जारी छ । रातभरको मुसलधारे वर्षाका बीच लडाई जारी रहेको हो । युद्धका बीच मुसलधारे वर्षा हुँदा विस्थापितहरुको अवस्था झ्न कष्टकर बनेको छ ।

इजरायली सेनाले भने हमासको संसददेखि उसका सवै मूख्य अखडाहरुमा नियन्त्रण गरेको दाबी गरेको छ । हमासले उत्तरी गाजामा पूर्ण रुपमा नियन्त्रण गुमाएको दाबी पनि इजरायली सेनाको छ ।

यसैबीच, हमासको स्वास्थ्य मन्त्रालयले अलसिफा अस्पतालमा पनि आक्रमण शुरु भएको बताएको छ ।

अलसिफा अस्पताललाई हमास लडाकुले कमाण्ड सेन्टरको रुपमा प्रयोग गरेको दाबी गरेको इजरायली सेनाले सतर्कतापूर्वक अस्पतालमा कारवाही चलाउने बताएको छ ।

 

तपाईको प्रतिक्रिया