Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

एजेन्सी, २८ कार्तिक २०८० । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत भएको बिश्लेषण गरेको छ ।

अस्पतालभित्र र बाहिर जताततै शवहरु छरिएर रहेको भन्दै डब्ल्युएचओले इजरायल र हमासबीचको युद्धले सर्वसाधारणको जीवन खतरामा परेको औंल्याउँदै विश्वजगतको ध्यानाकर्षण गरेको छ ।

इजरायलले पछिल्लो समय उक्त अस्तपताल लक्षिण गरी हवाइ र स्थलगत आक्रमण जारी राखेकाले अस्पतालमा उपचाररत घाइतेहरु उपचार नपाएर धमाधम ज्यान गुमाउन बाध्य भएको भन्दै डब्ल्युएचओले तत्काल युद्ध रोक्न पुनः अपील गरेको छ ।

उक्त अस्पतालका ४५ मिर्गौला रोगीहरु डायलासिसको अभावमा मत्यु नजिक पुगेको र युद्धमा घाइतेहरु अस्पताल परिसरमा छटपटाइरहेका छन् ।

इजरायलले सो अस्पतालमा इन्धन आपुर्ती बन्द गरेपछि सयौं बिरामी मारमा परेका छन् ।

हमास र इजरायबीच गत अक्टोबर ७ मा युद्ध शुरु भए यता इजरायल तर्फ १४ सयको मृत्यु हुँदा गाजामा ११ हजार बढीको मृत्यु भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया