Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

किरण भेट्वाल, गौरादह, १९ मंसिर । झापाको गौरादहमा पहिलो पटक बृहत विज्ञान प्रदर्शनी हुने भएको छ ।

आरम्भ फाउण्डेसन झापा शाखा र विद्योदय शिशु सदन गौरादहको संयुक्त आयोजनामा आउँदो पुष ६ गते गौरादह २ स्थित विधोदय शिशुसदनमा विद्यालय स्तरको प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा भौतिकशास्त्र, रसायनशास्त्र तथा जीव विज्ञानका बिभिन्न परियोजनाहरु अवलोकनका लागि राखिनेछन् ।

प्रदर्शनीमा अन्तर विद्यालय स्तरीय विज्ञान परियोजना प्रतियोगितासमेत राखिएको छ । प्रतियोगितामा गौरादह नगरपालिकाका अधिकांश विद्यालयहरुले सहभागीता जनाउने आयोजक संस्थाले बताएको छ ।

प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीहरुले तयार पारेका भौतिक, रसायन तथा जिवविज्ञानका परियोजनाहरु प्रदर्र्शनीका लागि स्टलमा राखिने बताइएको छ । त्यसैगरी दमक बहुमुखी क्याम्पसका विज्ञान संकायमा अध्यायनरत विद्यार्थीहरुको परियोजनाहरु पनि प्रदर्शनीका लागि राखिने भएकोे छ ।

प्रतियोगीका र अन्य गरेर २४ भन्दा धेरै स्टलहरु प्रदर्शनीमा राखिने आयोजकले बताएको छ । प्रदर्शनीले विद्यार्थीहरुमा आधारभुत विज्ञान प्रकृयकहरुबारे व्यवाहारिक ज्ञान दिने साथै सहभागी विद्यार्थीहरुको प्रस्तुतिकरण क्षमताको विकास गर्न मद्दत पु¥याउने बताईएको छ ।

व्यवाहारीक शिक्षामा जोड दिनु साथै विद्यार्थीहरुमा प्रस्तुतिकरण तथा नेतृत्व क्षमताको विकास गर्नु कार्यक्रमको प्रमुख लक्ष्य भएको आयोजक आरम्भ फाउण्डेसन झापा शाखाकी अध्यक्ष सजना भण्डारीले बताउइन् ।

व्यवाहारीक शिक्षालाई जोड दिने यस्ता कार्यक्रमहरुको शुरुवात गौरादह नगरपालीकामा सकारात्मक रहेकाले सहकार्यमा यस प्रदर्शनी आयोजना गर्न लागीएको विधोदय शिशुसदनका निर्देशक नारायण बस्नेतले जानकारी गराए ।

प्रदर्शनीलाई १ हजार ५ सय विद्यार्थीहरुले अवलोकन गर्ने अनुमान गरीएको छ । प्रदर्शनी थप एकदिन लम्बिनसक्ने पनि आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया