Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १९ मंसिर । गौरादह १ मा रहेको ढुण्डीराज गणेश मन्दिरले तिहारमा खेलिएको देउसी बाट संकलित रकम वृद्ध चौतारीलाई हस्तान्तरण गरेको छ । मन्दिरको आयोजनामा खेलीएको देउसी बाट संकलित ९५ हजार रुपैयाँ एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

वृद्ध वृद्धाहरुलाई आराम गरी भजन कृतन गर्ने उद्देश्यले मन्दिर परिसरमा निर्माण गरिएको वृद्ध चौतारी समितीलाई रकम हस्तान्तरण गरिएको छ । तिहारमा देउसी खेल्न सहयोग गरे बापत ३६ जना बालबालिकाहरुलाई पुरस्कार स्वरुप पाठ्य सामग्री सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।

मन्दिर व्यवस्थापन समिती की अध्यक्ष बिमला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा गौरादह दुर्गा मन्दिर अध्यक्ष खगेन्द्र कार्की, शिक्षक जिवन कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्दिरका उपाध्यक्ष गणेश दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा राजन तिम्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया