Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

झगेन्द्र खड्का

गौरादह, १९ मंसिर । गौरादह नगरपालिका भित्रका पशुपालक किसानहरुलाई अध्यनका लागी भ्रमण लगिएको छ । गौरादह नगरपालिका पशु सेवा शाखाले नगर भित्रका पशु पालन गर्ने किसानहरुलाई थप ज्ञान हासील गराउन नेपाल भित्रका कृषि फर्मको अवलोकन गराउन यस वर्ष २५ जना किसानहरुलाई भ्रमण लगिएको पशु सेवा शाखा गौरादह प्रमुख गणेश ओझाले जानकारी गराए ।

नगरपालिकाको आर्थिक सहयोगमा लगिएको भ्रमण टोलीले सुनसरीको कृषि अनुसन्धान केन्द्र, चितवनको बाख्रा फर्म र गुराँस गाई फर्म, जनकपुरको चरण विकास फर्म, डाँगीहाट बयर बाख्रा फर्म, गोरखाको चिनारी गाई फर्म, बन्दीपुरको बाख्रा फर्म, पशु प्रजनन केन्द्र पोखरा, लुम्ले कृषि फर्म कास्की र माले पाटन कृषि फर्मको अवलोकन गर्ने शाखा प्रमुख ओझाले बताए ।

भ्रमण टोलीलाई बिदाई गर्दै गौरादह नगरपालिकाका प्रमुख रोहीत कुमार शाहले नगर भित्र रहेका किसानहरुलाई व्यवसायीक रुपमा पशुपालन गर्नका लागी व्यवहारीक ज्ञान हासील गराउन नगरपालिकाले भ्रमण का लागी बजेट विनियोजन गरेको जानकारी गराए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments