Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

काठमाडौं, १६ कार्तिक २०८० । टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो ।

समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन ।

उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङ २२ रनले हरायो । जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो ।

१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा समेटियो ।

एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

अब भोलि ११ बजे हुने खेलमा नेपाललाई त्यो हारको बदला लिएर विश्वकपमा स्थान बनाउने मौका छ ।

तपाईको प्रतिक्रिया