Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १५ कार्तिक २०८० । इजरायल–हमास युद्धमा हालसम्म ३१ जना पत्रकार मारिएको पुष्टि भएको छ । पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले ३१ जना पत्रकार मारिएको पुष्टि गरेको दि टाइम्स अफ इजरायलले जनाएको छ ।

मारिने पत्रकारहरूमा २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी रहेका छन् । आठ पत्रकार घाइते भएका छन् भने ९ जना बेपत्ता छन् । त्यसमध्ये २६ जना गाजामा र चारजना इजरायलमा मारिएको तथ्यांकमा उल्लेख छ ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स सीपीजेको प्रतिवेदनलाई उद्धृत गदै दि टाइम्स अफ इजरायलले पत्रकारहरूले हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नु परिरहेको बताएको छ ।

सीपीजेले पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालय तथा पत्रकारहरूका घरमा क्षति पु¥याएकोलगायत अन्य अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया