Online Bichar
शुक्रबार, मंसिर २२, २०८० | Friday, December 8, 2023

काठमाडौं, १४ कार्तिक २०८० । टी–२० विश्वकप छनोटमा युएईले लगातार दोस्रो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कुवेतले दिएको ८९ रनको लक्ष्य युएईले ३४ बल बाँकी रहदै भेटयो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा ८८ रन मात्रै बनाएको थियो । जितसँगै समूह बीमा रहेको युएईको सेमिफाइनल सम्भावना बलियो भएको छ ।

तर मंगलबार बिहानको खेलमा हङकङ बहराइनसँग पराजित भएकाले सेमिफाइनल पुग्न युएईले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

बुधबार युएईले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ । एक खेल जितेर दुई अंक जोडेको हङकङ अंकतालिकाको तेस्रो स्थानमा छ भने एक खेल नै जितेर उति नै अंक जोडेको बहराइन दोस्रो स्थानमा छ ।

पहिले खेलमा बहराइनलाई हराएको युएई लगातार जितसहित ४ अंक जोडेर पहिलो स्थानमा छ । समूह एमा भने अन्तिम खेल हुनु अगाडि नै ओमान र नेपाल सेमिफाइनल पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया