Online Bichar
शुक्रबार, मंसिर २८, २०८१ | Friday, December 13, 2024

काठमाडौं, १४ कार्तिक २०८० । टी–२० विश्वकप छनोट खेलमा मंगलबार मलेसियाविरुद्धको खेलमा नेपालले १०० रन पूरा गरेको छ । नेपालले ११ ओभरको समाप्तिमा १ विकेट गुमाएर ११५ रन बनाएको छ । ११ औं ओभरमा मात्र नेपालले २० रन जोडेको छ ।

क्रिजमा कुशल मल्ल ३८ रन बनाएर खेलिरहेका छन् भने आशिफ शेखले ३२ रन बनाएर १२ औं ओभरमा आउट भएका छन् । यसअघि कुशल भुर्तेल ४३ रन जोडेर आउट भएका थिए । पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया