Online Bichar
मंगलबार, मंसिर २५, २०८१ | Tuesday, December 10, 2024

जेबि खड्का
गौरादह, १२ कार्तिक २०८० । हिन्दुहरुले परम्परा काल देखि सयपत्री फुलको नाम लिदै मनाउदै आएको तिहार पर्बमा यस वर्ष तिहार आउनु अगाव सयपत्री फुलेको छ। तिहार पर्वलाई हिन्दुहरुले हर्ष उल्लास र मनोरन्जनात्मक साथ मनाउदा तिहारका हरेक कार्यमा सयपत्री फुलको नाम जोडिन्छ। तिहार आउनु अगावै सयपत्री फुल फुल्दा तिहारमा सयपत्री फुल दिदीबहिनीले माला बनाउन नपाउने सम्भावना बढेको छ ।

भाइटिकाका दिन चेलीबेटीले माइतीलाई टीका लगाई सयपत्री फुलको माला लगाई दिने चलन छ।जब सयपत्री फुल ढकमक्क फुल्छ त्यस समयमा तिहार आएको झल्को आउछ। तिहार पर्वमा माला उनेर लगाइने सयपत्री फूल तिहार आउनु अगाडि नै फुलेपछि तिहारमा पुजापाठका लागि अन्य फुल प्रयोग गर्नुपर्ने परिस्थिति श्रीजना हुने सम्भावना बढेको छ। कार्तिक महिनामा सयपत्री फूल फुल्ने र सोही समयमा तिहार पर्व पर्दा सयपत्री फुल र तिहारको नाम जोडिएको छ।

असोज महिनामा दशैं र कार्तिक महिनामा तिहार पर्व पर्न जाँदा सयपत्री फूल ढकम्क फुल्दा तिहार पर्व आएको झल्को आउ थियो। यस बर्ष कार्तिक महिनाको अन्तिममा तिहार रहेकाले कार्तिक लाग्दै सयपत्री फूल फुलेको छ।तिहारमा दिदी वहिनीहरुले दाजुभाइलाई टीका लगाएर सयपत्री फूलबाट तयार गरिएको माला लगाइदिने गर्दछन।तिहार आएको संकेत गर्ने सयपत्री फुललाई देउसी भैलो देखि पुजापठ सम्म प्रयोग गरिन्छ। कार्तिक महिना लागेपछि सयपत्री फूल आँगनमा फुल्दा घर आँगन नै उज्यालो हुने गर्दछ।बिशेष गरि तिहारका लागि आवस्यक माला जोह गर्नलाई जेठ असार महिनामा सयपत्री फूलको दल राख्ने गरिन्छ। बिरुवा केही ठुला भएपछि अन्य ठाउमा रोप्ने गरिन्छ।सयपत्री फूल फुलेर तिहार आएको संकेत गरेपनि दशैं लग्दै सयपत्री फुलेको छ।यस बर्ष दशैं र तिहार दुवै पर्व कार्तिक महिनामा पर्नजाँदा सयपत्री फूल दशैं लाग्दै फुलेको छ।कार्तिक महिनाको सुरुमा दशै र अन्तिममा तिहार पर्व परेको छ । तिहार पर्वको भाइ टीकाको दिन कार्तिक मसान्त लाग्छ। तिहारको भाईटीका कार्तिक मसान्त आसपासमा रहेकाले कार्तिक लाग्दै फुलेको सयपत्री फूल भाईटीका सम्म नरहन सक्ने सम्भावना पनि बढेको छ।

तिहार पर्वमा सयपत्री फूलको बिशेष महत्व रहेको छ।हिन्दुहरुले पाँच दिन रमाइलो सँग तिहार मनाउने गर्दछन।हिन्दु धर्मावलम्बीहरुले मनाउने तिहारमा पाँचै दिन सयपत्री फूलको काम आउँछ।काग तिहार देखि भाइ टीका सम्म पाँच दिन सम्मका पुजा पाठमा सयपत्री फूल चढाउने गरिन्छ।लक्ष्मी पुजा गरिसकेपछि साँझमा चेलिबेटीहरुले खेलिने भैलो र गोवर्धन पुजाको दिन पुरुषहरुले खेलिने देउसीमा पनि सयपत्री फुलको नाम लिइन्छ।तिहार पर्वको आसपासमा सयपत्री फुल फुल्ने भएकाले सयपत्री फूलको नाम तिहार सँग जोडिएको हो।पछिल्लो समयमा घर आँगनको सोभा बढाउन विभिन्न प्रकारका रंगीबिरंगी फूलहरु रोप्ने गरेका छन्।विभिन्न रङका फूलहरु आँगनमा फुल्दा घरको सोभा बढेपनि कुनै पर्व आएको संकेत गर्दैनन्।

तपाईको प्रतिक्रिया