Online Bichar
बुधबार, साउन ०२, २०८१ | Wednesday, July 17, 2024

एजेन्सी, १० कार्तिक २०८० । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज शुक्रबार बिहान ६८ वर्षको उमेरमा सांघाईमा निधन भएको छ।

हृदयाघातका कारण लीको निधन भएको चिनिया संचारमाध्यमहरुले जनाएका छन् । बिहिबार उहाँलाई अचानक हृदयाघात भएको र गएराति १२ बजेर १० मिनेटमा निधन भएको हो ।

ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा हुनुभएको थियो । ली सन् २०१३ मा पहिलोपटक चीनको प्रधानमन्त्री बन्नुभएको थियो । चीनका राष्ट्रपति सी जिनपिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाको दोस्रो वरियतामा रहनुभएका ली पछिल्लो समय सांघाइमा बस्दै आउनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया