Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

एजेन्सी, ९ कार्तिक २०८० । अमेरिकाको लेविस्टनस्थित मेन शहरमा अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २२ पुगेको छ । बुधबार अबेर मेन शहरका छुट्टाछुट्टै दुई स्थानमा भएका गोलीबारीमा थुप्रै घाइते भएका छन् । घटनामा मृतकको सख्या अझै बढ्न सक्ने अधिकारीहरुले आशंका व्यक्त गरेका छन् । आक्रमणकारी फरार रहेको बताइएको छ ।

प्रहरीका अनुसन्धान अधिकारीहरुले सीसीटीभी फुटेजका आधारमा दुवै घटनाका अपराधी पत्ता लगाउन प्रयास गरिरहेका अधिकारीहरुले बताएका छन् ।

सार्वजनिक सुरक्षा विभागले स्थानीयबासीलाई घरभित्रै ढोका बन्द गरेर सुरक्षित रही अनुसन्धान र कारबाहीमा सघाउन आग्रह गरेको छ । विभागले आफ्नो फेसबुक पेजमार्फत् संदिग्धको फोटो समेत सार्वजनिक गरेको छ ।

 

तपाईको प्रतिक्रिया