Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

भद्रपुर, १९ मंसिर । झापाको मेचीनगरमा रहेको एनएमसी डेरी उद्योगले स्थानीय पुनःस्थापना गृहमा आश्रित ३० जना शारीरिकरूपमा अशक्त बालबालिकालाई निःशुल्क दूध दिन थालेको छ। समाज सेवा सुधार युवा संघ अपांगता सहयोग समिति मेचीनगरद्वारा सञ्चालित सो पुनःस्थापना गृहमा शारीरिक अशक्त बालबालिकासहित ३० जनालाई आवास र पठनपाठनको व्यवस्था छ।

डेरी उद्योगका अध्यक्ष रामचन्द्र उप्रेतीले सामाजिक उत्तरदायित्वअन्तर्गत डेरीले एक वर्षसम्म दूध उपलब्ध गराउने निर्णय गरेको बताए। प्रतिव्यक्ति दुई सय मिलिलिटरका दरले दैनिक ६ लिटर प्रशोधित दूध उनीहरूका लागि दिने गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिए।

समितिका अध्यक्ष धर्मराज घिमिरेले दाताको सहयोगमा शारीरिक अशक्त बालबालिकाको भरणपोषण र शिक्षादीक्षा चलिरहेको बताउँदै मेचीनगर(१० धुलाबारीका सदीक्षा सुवेदी अधिकारी र भक्तिप्रसाद अधिकारीले ३० थान ज्याकेट दिएको समेत जानकारी दिए।

अन्नपुर्णपोस्ट बाट

तपाईको प्रतिक्रिया