Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

काठमाडौं, ५ कार्तिक २०८० । एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल उपाधिका लागि यूएईसँग भिड्ने भएको छ । जापानलाई हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।

फाइनल खेल मलेसियाको क्लालाम्पुरस्थित बायुमास ओवलमा मंगलबार बिहान नेपाली समय अनुसार बिहान सवा ७ बजे हुनेछ ।

शनिबारनै भएको खेलमा यूएईले सिंगापुरलाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ ।

दुवै खेल वर्षाले प्रभावित बन्दा नेपालले जापानको यू–१९ टिमलाई १ सय ४३ रनमा हराएको थियो ।

नेपालले समूह चरणमा साउदी अरब, बहराईन र इरानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा नेपाल अपराजित टिम हो ।

सोही प्रकारको नतिजा यूएईको समेत छ । यूएईले समूह चरणमा चीन, कतार, ओमानलाई हराएर समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा उसले सिंगापुरलाई हरायो ।

नेपाल र यूएई फाइनल प्रवेश गरेसँगै यू–१९ एसिया कप क्रिकेटमा छनोट भएका छन् ।

सिंगापुर र जापानले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता टिमले तेस्रो स्थान मात्र हासिल गर्ने छैन, एसिया कप क्रिकेटमा समेत छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया