Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, १९ मंसिर । झापाको मेचीनगर नगरपालिका(६ स्थित भन्सार गेटबाट प्रहरीले लागूऔषध खैरो हेरोईन सहित २ जनालाई पक्राउ गरेको छ । दिउँसो साढे २ बजेको समयमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित झापा बाह्रदशी गाउँपालिका(७ बस्ने हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका २ बस्ने बर्ष २३ को जनक सुन्दासलाई लाई पक्राउ गरेको हो ।

मे ५ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको ट्याङकीमा प्लाष्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोईन फेला पारि बरामद गरिएको हो । बरामद लागूऔषध सहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया