काठमाडौं, २९ असोज २०८० । चीनको हाङझावमा हुने चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाई गरिएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभएको हो ।
अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा विभिन्न १० खेलमा १९ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि पारा खेलकुदका लागि हाङझाव जाँदै छिन् ।