Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौं, २८ असोज २०८० । १४ दिनदेखि आन्दोलित स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो ।

बिहीबार ५ घन्टाका साथै शुक्रवार र शनिबार निरन्तर वार्ता भएपछि सहमति भएको हो ।

सहमतिमा प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने छन् ।

तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको संघर्ष समितिका महासचिव विजय देवकोटाले जानकरी दिए ।

उनका अनुसार सहमति भएपछि १४ दिनदेखिको आन्दोलन रोकिएको छ । आइतबारदेखि नै कर्मचारी सेवामा फर्किनेछन् ।

तपाईको प्रतिक्रिया