Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

पथरी, २७ असोज २०८० । मोरङको उर्लाबारीस्थित आम्बारीमा जारी खुल्ला नकआउट फुटबलमा आम्बारी स्पोर्टिङ युथ क्लब सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा गौरादह फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आम्बारी सेमिफाइनलमा प्रवेश गरेको हो। आम्बारीको जितमा सन्जय धिमाल नायक बने ।

खेल सुरु भएको तेस्रो मिनेटमा धिमाल मैदानको मध्य भागबाट एकल प्रयासमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको १७ औं मिनेटमा धिमालले वान भर्सेस वानमा थप गोल गरे ।

गैराहदका बिकास लिम्बुले खेलको २४ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउन कोशिश गरेपनि टोलीको हार टार्न सकेनन् ।

दोश्रो हाफमा दुवै टिमबाट थप गोल हुन सकेन । खेलको म्यान अफ द म्याच आम्बारीका करण चौधरी घोषित भए ।

आइतबारको खेल ब्रदर युनाईटेड उर्लाबारी र दमक स्टार क्लबबीच हुनेछ ।खेलपाटीबाट

 

तपाईको प्रतिक्रिया