Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

काठमाडौं, २७ असोज २०८० । काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले उज्वेकिस्तानसँग सोझो सेटको हार ब्यहोरेको छ ।

शनिबार कोलम्बोको सुगथदसा इन्डोर हलमा लिग चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा हार ब्यहोरेको हो ।

पहिलो सेट २५–२२ ले गुमाएको नेपालले दोस्रो सेट २५–२० र तेस्रो सेट २६–२४ ले गुमाएको थियो ।

लिग चरणको पहिलो खेलमा बंगलादेशलाई हराएर शानदार सुरुआत गरेको नेपाल दोस्रो खेलमा आयोजक श्रीलंकासँग सोझो सेटमा हारेको थियो ।

तेस्रो सेटमा अफगानिस्तानलाई हराएको नेपाल चौथों खेलमा साउदी अरबसँग टक्करको खेलमा हारेको थियो ।

एसियन गेम्समा सहभागी भएर नेपाली भलिबल टिम काभा च्यालेन्ज खेल्न श्रीलंका गएको हो ।

 

तपाईको प्रतिक्रिया