Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २३ असोज २०८० । झापाको दमकमा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका-२ स्थित हम्सेदुम्से सामुदायिक वनभित्रको रतुवा घाट नजिकै बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५५/६० वर्षको जस्तो देखिने महिलाको शवको भने पहिचान खुलेको छैन । मंगलबार बिहान जंगलमा घाँस काट्न गएकी महिलाले शव देखेपछि होहल्ला गर्दै प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाको बारेमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया