Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

शान्ति सुब्बा

गौरादह, २२ असोज २०८० । झापाको गौरादहमा एक जना बालक मृत अवस्थामा फेला परेका छन् । गौरादह-२ मा निर्माणाधिन अवस्थामा रहेको लायन्स चिल्ड्रेन पार्कको स्विमिङ पुल भित्र रहेको पानीमा डुबी रहेको अवस्थामा गौरादह-१ का १३ वर्षिय सत्यम राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक बालकको बुवा विजेन्द्र राई भने, भारतको खस्र्याङमा बस्दै आएको जनाइएको छ । गौरादह-१ का लोक बहादुर पौडेलको संरक्षणमा मृतक बालक बस्दै आएका थिए । कक्षा ७ मा पढ्दै गरेका उक्त मृतक बालक केही समय अघि देखी बिद्यालय जान छोडेको उनलाई संरक्षण गर्दै आएको परीवारका सदस्यले बताएका छन् ।

सोही क्रममा स्थानीय गौरादह-२ का रन्दिप गिरीलाई मृतक बालक सँगै आएका साथिहरुले आज(सोमबार) बिहान घट्ना बारे जानकारी गराए पश्चात उक्त घट्ना बाहिर आएको हो । घट्ना हिंजो(आईतबार) दिउँसो तिर भएको हुनसक्ने जनाइएको छ । मृतक बालक सँगै अरु ४ जना साथिहरु पनि उक्त पार्कमा गएका थिए । निर्माणाधिन पार्क चारैतिर काँडेतारले घेरिएको छ भने, पार्कको बाहिर ढोकामा समेत ताला लगाइएर राखिने गरिएको जनाइएको छ । घट्ना अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया