Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २१ असोज २०८० । प्यालेस्टायनीको आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायलमा आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी छन् ।

इजरायलमा पढ्न गएका विद्यार्थीहरु भएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया