Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

काठमाडौं, २० असोज २०८० । एसियन गेम्स अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालले जित हासिल गरेको छ । शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा हराएको हो ।

पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो । चौथो सेट २५(१८ ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो ।

मंगोलियालाई हराउँदै नेपालको महिला भलिबल टिमले एसियाडमा ११ औं स्थान हासिल गरेको छ ।

 

तपाईको प्रतिक्रिया