Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बुटवल, १८ मंसिर  । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल(तानसेन सडकखण्डबाट मोटरसाइकल तिनाउ नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका(३ हेडवक्र्स नजिकैबाट लु ३० प ४१९३ नम्बरको मोटरसाइकल नदीमा खसेको थियो । दुर्घटनामा पाल्पाको तानसेन(९ मदनपोखराका गणेश रेग्मी क्षेत्रीको मृत्यु भएको हो ।

घटना मंगलबार बिहान पौने ५ बजेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल(तानसेन सडकखण्ड मर्मतको काम भइरहेको छ । त्यसैले मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि अपराहृन चार बजेसम्म सडक बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया