Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १८ असोज २०८०। अमेरिकाका स्वास्थ्य संस्थाका कर्मचारीहरुले गरेको आन्दोलनका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।

बुधबार बिहानदेखि शुरु भएको हडताललाई आज पनि निरन्तरता दिदा यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ । अमेरिकाको सबैभन्दा ठूलो गैर नाफामुलक स्वास्थ्य संस्थाका युनियनका सदस्यहरूको हडतालका कारण भर्जिनिया, कोलम्बिया र वेस्ट कोस्टको जनजीवन अस्तब्यस्त बनेको छ । सो युनियनले तलब वृद्धि, श्रमको उप–सम्झौता खारेज र बाह्य आपूर्ति विरुद्ध सुरक्षा लगायत माग राख्दै आएको छ ।

आफ्ना माग सम्बोधन नभएसम्म हडताल जारी राख्ने कर्मचारीले चेतावनी दिएका छन् । कर्मचारीको स्तर विवाद सुल्झाउन नसकेपछि एउटै स्वास्थ्य संस्थामा कार्यरत ७५ हजार बढी कर्मचारी सडकमा उत्रेका हुन् । यो हडताल अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो भएको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया