Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

कामठाडौं, १८ मङ्सिर । मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् ।

शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् ।
यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् ।

हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वल्र्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् ।
मिस वल्र्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८ मा हुँदैछ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया