Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ असोज २०८० । स्पेनको दक्षिण पूर्वी शहर मुर्सियाको एउटा नाइट क्लवमा आगलागी हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्पेनको चर्चित फोंडा मिलाग्रोस नाइटक्बलमा लागेको आगो नजिकैको डान्सबारमा समेत फैलिंदा भागदौड मच्चिएको थियो ।

आगलागीमा परेका १४ जना अझै सम्पर्कबिहिन छन् । मुर्सियाका मेयरका अनुसार क्लबको पहिलो तलाको छत भत्किए लगत्तै आगो फैलिएको हो । आगलागीको यकिन कारण पत्ता लागेको छैन ।

 

तपाईको प्रतिक्रिया