काठमाडौं, १५ असोज २०८० । चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ ।
ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो सेटमा पराजित गर्यो ।
नेपालविरुद्धको खेल दक्षिण कोरियाले २५–२१, २५–१४ र २५–११ ले जितेको हो । पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल यो हारपछि समुहबाट बाहिरिएको छ ।
भलिबलको पुरुषतर्फ पनि नेपाल सबै खेलमा पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो ।