Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

एजेन्सी, १४ असोज २०८० । माल्दिभ्सको राष्ट्रपति निर्वाचनमा मोहोमद मुइजी निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई हराउँदै मुइजी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

२ लाख ८२ हजार मतादाता रहेको माल्दिभ्समा ७८ प्रतिशत मत खसेको थियो । गत सेप्टेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा ४६ प्रतिशत मात्रै मत खसेपछी राष्ट्रपति पदका लागि चाहिने मत कुनै उम्मेदवारले हासिल गर्न नसकेपछी दोश्रो चरणको मतदान भएको हो ।

राष्ट्रपति पदमा निर्वाचित भएपछी देशबासीको नाममा सम्बोधन गर्दै नव नियुक्त राष्ट्रपति मुइजुले जनताले देखाएको देशभक्ति प्रतिको श्रद्धाका लागि धन्यबाद दिंदै छिमेकी मुलुकहरुसँग साझेदारी निती अबलम्बन गरी देशको अर्थतन्त्र पुनरुत्थानमा लाग्ने बताएका छन् । राष्ट्रपतिमा मुइजुको जितलाई माल्दिभ्समा निकै चासोका साथ हेरिएको छ ।

चिनसँग निकट मानिएका मुइजुको जितले हिन्द महासागरको टापु मुलुक माल्दिभ्सलाई पनि चिनतर्फ ढल्काउने अनुमान गरिएको छ । यसअघिका राष्ट्रपति मोलिह भने भारतसँग निकट थिए । मुइजुले आफ्नो चुनावी अभियानमै ‘इन्डीया आउट’ भन्दै आफ्नो मुलुकमा भारतको प्रभाव निर्मुल पार्ने घोषणा गरेका थिए

 

तपाईको प्रतिक्रिया