Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

एजेन्सी, १४ असोज २०८० । अस्ट्रेलियाको सिड्नीमा ह्वेलले डुंगालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दागर्दै उनको मृत्यु भएको हो ।

मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही पर फेला परेका अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको हो ।

सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यु साउथ वेल्स प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया