Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १४ असोज २०८० । माल्दिभ्सलाई हराउँदै नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हरायो ।

टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ५२ रन जोड्दा कुशल मल्लले अविजित ४७ रन जोडे । यसैगरि गुल्शन झा र कुशल भुर्तेलले समान ३५ रनको योगदा नदिए ।

जवाफमा २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९ ओभर ३ बलमा अलआउट हुनुपूर्व ७४ रन मात्रै बनाउन सक्यो । उसका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन जोडे । बलिङतर्फ नेपालका अबिनाश बोहोराले ६ विकेट लिए । अन्तिम ओभरको सुरुवाती तिन बलमा ह्याट्रिक गरेका अविनाशले माल्दिभ्सको अन्तिम तिन ब्याटरलाई पभेलियनको बाटो देखाए ।

उनले खेलको छैटौं ओभरमा पनि तिन जना ब्याटरलाई आउट गरेका थिए । जितसँगै नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । एसियन गेम्सको क्रिकेटतर्फ भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधै क्वाटरफाइनलमा स्थान दिईएको छ ।

 

तपाईको प्रतिक्रिया