Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १३ असोज २०८० । एसियाली खेलकुदमा नेपाली पब्जी टिम सेमिफाइनल चरणबाट बाहिरिएको छ ।

हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनल चरणबाट बाहिरिएको हो ।

शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको प्रतिस्पर्धाको समूह ए को सेमिफाइनलमा नेपाली टिम दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पराजित भएको हो । नेपाली टिममा सुबिनकुमार प्रजापति, साहस भण्डारी, दिपेश गुरुङ र समिर गुरुङले खेलेका थिए ।

समूहबाट दक्षिण कोरिया र ताइपेई फाइनल चरणमा पुग्न सफल भए । नेपाल तेस्रो हुँदा जापानलाई पछि पार्न सफल भयो । यसअघि शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह सी मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।

इ स्पोर्ट्समा पदक जित्ने आश सहित चीन पुगेको नेपालले अन्तिम विधाको रुपमा डोटामा शनिबार प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया