Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

एजेन्सी, ११ असोज २०८० । अफगानिस्तानमा पोलियोबिरुद्धको देशव्यापी अभियान शुरु गरेको छ । चारदिने अभियानमा पाँच वर्ष मुनिका ११ लाख बालबालिकामा हुने शारीरिक अशक्तता लगायतका रोगहरुको उन्मुलन गर्ने देशको प्रयास हुने बताइएको छ । अभियानका क्रममा बालबालिकालाई पोलियोबिरुद्धको खोप खुवाउनुका साथै भिटामिन एको सप्लिमेण्ट पनि खुवाइने मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा यो वर्ष हालसम्म पाँच जना पोलियोको घटना देखिएपछि यो अभियान शुरु गरिएको हो । संयुक्त राष्ट्र बाल कोष ९युनिसेफ० का अनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त देशहरु हुन् ।

 

तपाईको प्रतिक्रिया