Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

एजेन्सी, ११ असोज २०८० । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी १ सय १४ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार उक्त आगलागीमा २ सय भन्दाबढी मानिस घाइते भएका छन् ।

प्रान्तीय राजधानी मोसुलबाट ३५ किलोमिटर दक्षिणपूर्वमा रहेको अल हम्दानिया शहरमा रहेको अल हैथम वेडिङ हलमा मंगलबार राति आगो लागेको थियो ।

आगो लाग्नुको कारण अझै पत्ता नलागेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल बद्रले स्थिति नियन्त्रणमा रहेको र मन्त्रालयले घटनाको अनुसन्धान थालेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया