Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ९ असोज २०८० । प्यालेस्टाइनी र इजरायली श्रोतका अनुसार आइतबार अबेर वेस्ट बैंकको तुल्कारम शहरमा गोली हानाहान हुँदा दुई प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक इजरायली सैनिक घाइते भएका छन् ।

तुलकर्म अस्पतालका निर्देशक अमिन खारेदका अनुसार तुलकर्ममा रहेको नुर शाम्स शरणार्थी शिविरमा आक्रमण गर्ने इजरायली सेनाले टाउकोमा गोली हानेर उनीहरुको हत्या गरिएको बताइएको छ । मारिनेमा २१ वर्षका ओसैद अबु अली र ३२ वर्षका अब्दुल रहमान अबु दगास रहेका छन् । स्थानीयका अनुसार इजरायली सेनाले शिविरका धेरै पूर्वाधार ध्वस्त पारेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया