Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ९ असोज २०८० । एसियन गेम्सको तेक्वान्दोतर्फ मंगलबार प्रतिस्पर्धा गरेका नेपालका तिन जना खेलाडीको पदक संभावना सकिएको छ ।

तेक्वान्दोको पुरुष ६३ केजी मुनिको तौल समुहमा नेपालका गोबिन्द बहादुर आलेले एक खेल जितेपनि पदकबाट टाढै रहे । पहिलो चरणको खेलमा टिमोर लेस्तेका खेलाडीलाई हराएका आलेले अन्तिम १६ चरणको खेलमा थाईल्याण्डका खेलाडीसँग पराजय भोगे ।

तेक्वान्दोतर्फ प्रतिस्पर्धा गरेका अन्य खेलाडीहरु आयसा लामा र सन्ध्या कुमारी सिंह भने पहिलो खेलमै पराजित भए ।

यस्तै, जुडोतर्फ पनि नेपालको प्रदर्शन निराशाजनक रह्यो । पुरुष एक सय केजी तौल समयमा नेपालका रन्जेश गोले काजखस्तानका खेलाडीसँग पराजित हुँदा महिला ७८ केजी तौल समुहमा आकृती जोशी उज्वेकिस्तानकी खेलाडीसँग पराजित भईन् ।

 

तपाईको प्रतिक्रिया