Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

एजेन्सी, ७ असोज २०८० । चिनियाँ अदालतले एक जना उइगुर मुस्लिम विद्वान महिलालाई आजीवन कारावासको सजाय दिएको छ ।

राहिल दाउत नाम गरेकी ५७ वर्षीया प्राध्यापकलाई आजीवन काराबास सजाय दिइएको अमेरिकास्थित तुइह्वा फाउण्डेसनले जनाएको छ । सन् २०१८ मा सिञ्चियाङको अदालतले उनीविरुद्ध गरेको फैसलामा दाउतले पुनरावेदन गरेकोमा पुनरावेदनको आग्रह खारेज गरिएको हो ।

चीनको राष्ट्रिय सुरक्षामा खलल् पुर्‍यायाएको आरोपमा उनलाई आजीवन काराबास सजाय दिइएको हो । दाउतको काराबास सजाय सिञ्चियाङ प्रान्तका मुश्लिम समुदायका लागि झड्का भएको तुइह्वा फाउण्डेसनका कार्यकारी निर्देशक जोन कामको भनाइ छ ।

सन् २००७ मा अल्पसंख्यक जातीय अनुसन्धान केन्द्र स्थापना गरेकी दाउतले सिञ्चियाङका मुश्लिम समुदायको अवस्थाबारे स्थलगत अध्ययन गरेकी थिइन । उनलाई सन् २०१६ मा पक्राउ गरी जेल हालिएको थियो ।

सिञ्चियाङमा १ करोड २० लाख मुश्लिमको बसोबास रहेको छ ।

 

तपाईको प्रतिक्रिया