Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १७ मङ्सिर । काठमाडौँ र पोखरासहितका स्थानमा बिजुलीका पोल र भित्तामा टाँसिएका पोस्टर प्रहरीले च्यातेपछि नयाँ उपाय निकालिएको छ । निर्मलाका लागि न्याय अभियानु का सदस्यहरुले सोमबारदेखि राजधानी सहर काठमाडौँबाट बाहिरिने तथा उपत्यकामा चल्ने यात्रुवाहक सवारी साधनमा निर्मलाको पोस्टर टाँस्न थालेका हुन् ।

अभियानका एक सदस्य प्रितम सुवेदीका अनुसार सोमबार गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा पुगेर करिब एक हजार वटा सवारी साधनमा निर्मलाका लागि न्याय माग्दै स्टिकर र पोस्टर टाँसिएको छ । सुवेदीका अनुसार नयाँ बसपार्कमा करिब एक हजारवटा लामो तथा छोटो दुरीका बस, ट्याक्सी, माइक्रोबस र ट्याम्पोसहितका सवारी साधनमा स्टिकर र पोस्टर टाँसिएको हो ।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका अपराधीमाथि कारबाही माग गर्दै सडकको भित्तो र बिजुलीका पोलमा टाँसिएका पोस्टर प्रहरीले च्यातेपछ अभियन्ताहरुले नयाँ विकल्प निकालेका हुन् ।

तपाईको प्रतिक्रिया