Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

 १७ मङ्सिर । मोबाइल, कम्प्युटर, टिभी तथा अन्य डिजिटल स्क्रिनको लतबाट सकेसम्म टाढा रहने ।
(कार्यालयमा काम गर्दा बसाइलाई व्यवस्थापन गर्ने । कम्प्युटरको स्क्रिनमा सीधा नहेर्ने, स्किनको लाइट कम गर्ने ।
(कामको बीचबीचमा आराम गर्ने, हिँडडुल गर्ने । साथै, आँखा चिम्लने र खोल्ने गतिलाई नियमित र स्वाभाविक राख्ने ।

(कम्प्युटरमा काम गर्दा सकभर एन्टिग्लेयर चस्माको प्रयोग गर्ने ।
(टिभी वा कम्प्युुटरमा बस्दा सात–आठपटक मात्र परेला झिम्किन्छ । तर, सामान्यतया एक मिनेटमा १५ पटक परेला झिम्किनु सामान्य मानिन्छ । त्यसैले, कम्तीमा पनि १५ पटक झिम्क्याउने कोसिस गर्नुहोस् । यसले आँखामा रहेको तरल पदार्थले नानीलाई भिजाई मोस्चर गराउँछ र सुक्खा हुनबाट बचाउँछ ।
(कार्यक्षेत्रमा पर्याप्त मात्रामा प्रकाशको सन्तुलन कायम राख्नुपर्छ । बाहिरबाट आउने प्रकाशका कारण कम्प्युटर स्क्रिनमा पर्ने उज्यालोलाई कम गर्न झ्याल–ढोकामा पर्दा प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया