Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

मोरङ, १७ मङ्सिर । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतालमा आइतबार राति भएको आगलागीबाट करीब ४ लाख बराबरको क्षति भएको छ । स्थानीय भरत ताजपुरीयाको घरमा आगलागी हुँदा करीब चार लाख मूल्य बराबरको क्षति भएको हो ।

राति सवा २ बजेको समयमा ताजपुरियाको फुसको छानो भएको १ तले गाई गोठमा सिटी सफारी चार्ज गर्ने क्रममा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट गाई गोठ र सिटी सफारी पूर्ण रुपमा जलेर नष्ट भएको छ भने ३ वटा चौपाया जलेर सामान्य क्षति भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान सवा ३ बजे पूर्ण रुपमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया