Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १७ मंसिर  । ललितपुरको एकान्तकुनामा मोटरसाइकल दुर्घटना हुँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको हो ।

कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे एकान्तकुनामा दुर्घटना भएको थियो । सडकमा लडिरहेको अवस्थामा भेटिएका कँडेललाई बा १६ च ६८०२ नम्बरको कार चालकले अल्का अस्पताल जावलाखेल पुर्‍याएका थिए । उनको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको थियो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया