कैलाली , १७ मंसिर । जिल्लाको टीकापुर नगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

गएराति टीकापुर नगरपालिका–७, खैरीपुरमा लु ७३ प १९९० नम्बरको मोटरसाइकलले डल्लवलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार २ जनाको मृत्यु भएको हो । मुत्यु हुनेमा टीकापुर नगरपालिका–७ बैदीका २३ वर्षीय दिवानन्द कोइराला र २२ वर्षीय विष्णु रिमाल छन् ।

३ जना सवार मोटरसाइकलका चालक १८ वर्षीय पवन पाण्डे घाइते छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता, टीकापुर नगरपालिका– २, बन्दीपुरमा ट्याक्टरको ट्रलीमा से ६ प १९४१ नम्बरको मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । रोकिराखेको ट्याक्टरमा ठोक्किएर टीकापुर नगरपालिका– ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते चौधरीको कोहलपुर मेडिकल बलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन् । उनको टीकापुर अस्पतालमा अहिले उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Comments