Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १७ मंसिर  । प्रहरीले काठमाडौंको जोरपाटी नयाँबस्तीबाट ५ लाख ३१ हजार नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द नेतृत्वको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ स्थित राम कार्कीद्वारा सञ्चालित पूर्वेली गेष्ट हाउसबाट उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई होटल सञ्चालन गर्दै आइरहेका राम कार्की, बाराका राजकुमार तिवारी र काभ्रेका ३४ वर्षीय केशव नेपाल छन् । त्यसैगरी उदयपुरका ३० वर्षीय मानबहादुर मगर र सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनारलाई पनि प्रहरीले जवाखालबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामाथि अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रासस

तपाईको प्रतिक्रिया